भ्रमण वर्ष २०२०

जर्मनी, फ्रान्स र युरोपियन मुलुकका ८ सय पर्यटकको उद्दार

चैत २२, २०७६

    काठमाडौंः लकडाउनका कारण नेपालमा अलपत्र परेका विभिन्न देशका करिब ८ सय जना नागरिकलाई सम्बन्धित देशले चार्टर उडानमार्फत उद्धार गरेका छन्।  कतार एयरका दुईवटा विमानले काठमाडौंमा अलपत्र परेका ६ सयभन्दा धेरै विदेशी पर्यटकलाई शनिबार उनीहरूकै देश फिर्ता लगेको छ। 

    रित्तै आएका दुई वटा कतार एयरवेजका चार्टर विमानले जर्मनी, फ्रान्स र युरोपियन मुलुकका नागरिकलाई लिएर गएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार एउटा जहाजले ३ सय ३ जना र अर्कोले ३ सय ५ जना लिएर गएको हो। यस्तै मालिन्दो एयरले सिंगापुर र मलेसियाका ७३ जनालाई फिर्ता लगेको छ। यसैगरी, काठमाडौंमा अलपत्र परेका १ सय २ चेक यात्रुलाई चेक एयरलाइन्सको विशेष विमानले उद्धार गरेको छ।

    आफ्ना देशका नागरिकलाई लिएर चेक एयरलाइन्सको विमान चेकोस्लाभाकियाको राजधानी प्रागतर्फ उडेको छ। साँझ ५ बजे चेक एयरलाइन्सको उक्त विमान प्रागतर्फ उडेको हो। 

    शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर गरिएका चारवटा विमानले उडान भरेको विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]