एक वडाबाट अर्कोमा जान अनिवार्य सिफारिस

|

दैलेख : जिल्लाको महाबु गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ विरुद्धको ५० लाखको राहत कोष खडा गरेको छ । पालिकामा क्वारेन्टाइन निर्माण गर्न कोही कोरोनाका शंकास्पद बिरामी देखिए उपचारका लागि राहत कोष खडा गरिएको गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले बताए । 

साथै शुक्रवार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका एक वडाबाट अर्को वडामा जान वडाको सिफारिस अनिवार्य गरेको छ । भारत लगाएत अन्य मुलुकबाट पालिका भित्रिने मानिसको संख्या बढ्दै गएकाले अनिवार्य सिफारिसको व्यवस्था गरेको बताएका छन् । 

यता नारायण नगरपालिका दैलेखले पनि ३० लाखको राहत कोषको स्थापना गरेको छ । लकडाउनको समयमा विपत्मा परेका विपन्नलाई राहत वितरण गर्न, नगरपालिकाभित्र क्वारेन्टाइन र आइसोलेसन बेड निर्माण् लगायत कामका लागि कोष बनाइएको बताइएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.