|

काठमाडौं : नोभल कोरोना भाइरसको जोखिम कम गर्न सरकारले एक भन्दा धेरै संक्रमित देखिएका तीन जिल्लामा 'र्‍यापिड टेस्ट' को प्रक्रियालाई अघि बढाउने निर्णय लिएको छ। 

अपरान्ह सवा ४ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो। शनिबार मात्रै कैलालीका २ जना र कञ्‍चनपुरका एकजनामा कोरोना संक्रमण देखिएको छ। 

कैलालीमै दुबईबाट मार्च १९ मा आएका अर्का युवक कोरोना संक्रमित भएर अहिले सेती अञ्‍चल अस्पतालमा उपचाररत छन्। यस्तै बागलुङमा पनि फ्रान्स र बेल्जियमबाट कतार हुँदै आएका दुई महिला कोरोना संक्रमित छन्। 

'कोरोना न्यूनीकरणलाई थप प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो', सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने, 'अब कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेष्टको प्रक्रिया अघि बढाउने छौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.