|

बाग्लुङ : लकडाउनका बेला बिनाकाम बजारमा हिड्डुल गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले आइतबार बिहानै नियन्त्रणमा लिएको हो।

आइतबारदेखि लकडाउन कार्यान्वयनमा कडाइ थालेको प्रहरीले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह गरेको थियो। बिनाकाम बजारमा समूह बनाएर हिँडिरहेकालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दीपक रिजालले बताए। नियन्त्रणमा लिइएकालाई केही घण्टा प्रहरी कार्यालयको परिसरमा राखेर छोडिने उनले बताए।

‘दुध, पानी, तरकारी, औषधिजस्ता अत्यावश्यक सामग्री खरिदका लागि जानेबाहेक कसैलाई बाहिर नजान सार्वजनिक सूचना गरेका छौं’ रिजालले भने ‘एक दिन किन्दा चार दिनको सामान किन्नुस् भनिएको छ।’ 

कोरोनाको महामारी फैलिन दिन नदिन लकडाउन कार्यान्वयनमा उच्च सतर्कता अपनाइएको प्रहरी निरीक्षक रिजालले बताए। प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिने र आवश्यक कारवाही गर्ने कार्य जारी राख्ने जनाएको छ।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.