|

काठमाडौं : कोरोना संक्रमण फैलन नदिन कार्यान्वयन भइरहेको 'लकडाउन'का कारण यतिखेर जनजीवन प्रभावित बनेको छ। मानिसहरू प्राय: घरभित्रै सीमित भएका छन्‌ भने बाहिरफेर गर्ने काममा जुट्न सकेका छैनन्‌।

लकडाउनमा अघिपछिको समयमा सधैँ भिडभाड देखिने मुख्य पर्यटकीयस्थलहरू पनि सुनसान छन्। अरू बेला घुइँचो लाग्‍ने ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्र पनि सुनसान देखिन्थ्यो।

सरकारले देशलाई चैत २५ गतेसम्‍म ‘लकडाउन’ गर्ने घोषणा गरेको छ। नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइका साथ लकडाउन कार्यान्वयनको रणनीति बनाएको छ।

हेर्नुस् सुनसान पाटनका सुन्दर तस्बीरहरु  :

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.