|

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सबै नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ। विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान परिस्थितिमा व्यक्तिहरुको स्वास्थ्योपचारको उपलब्धतामा समास्या देखिएको भन्दै आयोगले सरकारको ध्यानकर्षण गराएको हो।

मिर्गौला, क्यान्सर, क्षयरोग, एड्स, मधुमेह, उच्चरक्तचाप, मानसिक रोगजस्ता रोगहरुबाट पीडितहरुको उपचार तथा औषधीको अपर्याप्तताको कारण बिरामीहरुमा समस्या उत्पन्न हुन थालेको आयोगमा आएको उजुरी तथा अनुगमनबाट पाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ। विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम, नोवेल अस्पतालमा समयमै उपचार हुन नसकी एक महिलाको मृत्यु हुन गएको पाइएको आयोगले जनाएको छ।

यस्तै, काठमाडौं उपत्यकाभित्रका समिट, सिभिल, नर्भिकलगायतका अस्पतालहरुले बहिरङ्ग सेवा बन्द गरी बिरामीलाई फर्काएको, बिरामीहरुले एम्बुलेन्स सेवा प्राप्त गर्न नसकेको तथा कतिपय घरधनीले स्वास्थ्यकर्मीहरुलाई घरमा बस्न नदिएको जस्ता समाचारहरु प्रति पनि आयोगले गम्भिर ध्यानकर्षण भएको जनाएको छ।

सबै स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाको सुनिश्चितता, एम्बुलेन्स चालकहरु लगायत सुरक्षाकर्मीहरुलाई आवश्यकताअनुरुप  सुरक्षाकवच उपलब्ध गराउन, सबै गम्भीर प्रकृतिका बिरामीहरुको समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाई हरेक व्यक्तिको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न आयोगले  सरकारलाई आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.