हाइड्रोक्सिक्लोरोक्‍विन ट्याबलेट् पठाइिदन आग्रह

|

एजेन्सी : विश्‍वभर कोरोना भाइरसका सबैभन्दा धेरै बिरामी अमेरिकामा छन्। अमेरिकामा कोरोनाका बिरामीको संख्या तीन लाख ११ हजार नाघेको छ। अमेरिका कोरोना भाइरसबाट मर्नेको संख्या पनि ८ हजार ४ सय ५४ पुगेको छ।

कोरोना भाइरसले विश्‍वभरको निद्रा उडाइरहेका बेला शक्ति राष्ट्रहरु इतिहासमै निरीह बनिरहेका छन्। आफूलाई विश्‍व महाशक्ति बताउँदै आएको अमेरिका लगातार कोरोना संक्रमित बिरामीको संख्या चुलिँदै गएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट जुध्‍न विश्‍वका अन्य राष्ट्रसँग गुहार लगाउन थालेका छन्। 

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको टेलिफोन वार्तामा आफू सहयोग स्वीकार्न र कोरोनालाई चिनियाँ भाइरस नभन्‍न पनि तयार भएको बताइसकेका थिए।

यहीबीचमा उनले भारतसँग पनि सहयोगको गुहार लगाएका छन्। ट्रम्पले  प्रधानमन्त्री नरेन्द्र मोदीसँग औषधि पठाइदिन अपिल गरेका छन्। उनले हाइड्रोक्सिक्लोरोक्‍विन ट्याबलेट पठाइदिन अपिल गरेका हुन्। 

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले अमेरिकामा सबै भन्दा धेरै मानिस संक्रमित भएपछि ट्रम्पल सहयोग मागेका हुन्। अमेरिकामा कोरोना भाइरसबाट तीन लाख ११ हजार मानिस संक्रमित भइसकेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीसँग सम्वाद गरेका हुन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीसँग भने, 'कोरोनासँग जुध्‍न हाइड्रोक्सिक्लोरोक्‍विन ट्याबलेट् उपलब्ध गराइदिनुस्।' ट्रम्पको यो आग्रहपछि मोदीले तत्कालै आवश्यक पहल थाल्ने जानकारी दिएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, 'भारतले ठूलो मात्रामा यस औषधि बनाइरहेको छ। भारतको जनसंख्या १ अर्ब भन्दा धेरै छ। यो औषधि तपाईंका जनतालाई पनि चाहिएला। तै पनि मैले मोदीजीसँग यदि हामीले गरेको अर्डरको औषधि पठाइदिएमा हामी आभारी हुन्छौँ भनेको छु।' 

कति प्रभावकारी यो औषधि? 

विश्वभर कोभिड-१९ को उपचारमा एकमात्रै औषधिका रूपमा ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’प्रयोग भइरहेको छ। विभिन्‍न शोधहरूबाट पनि यसको पुष्टि भएको छ। भारतले यो ट्याब्लेटलाई प्रयोगमा ल्याउने निर्णय गरिसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो औषधि कोभिड-१९ को उपचारमा प्रभावकारी हुने जनाएका छन्। हाइड्रोक्सीक्लोरोक्‍विन ट्याब्ले कोरोना बिरामीको उपचारमा प्रभावकारी भएपछि ट्रम्पले भारतसँ यो मागेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.