|

सल्यान : जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-६ आपखोलीका टोपबहादुर बुढाक्षेत्रीको आजभोलि दैनिकी फेरिएको छ। लकडाउनअघि रातदिनै बारीमा व्यस्त हुने उनी आजभोलि भने बारीमा जानै पाएका छैनन्।

सरकारले लकडाउन गरेपछि बारीमा लटरम्म फलेको तरकारी सड्न थालेको छ। लकडाउनअघि सल्लीबजारमा तरकारी बेच्न पुग्थे र घर फर्किंदा घरमा चाहिने सामान ल्याएर आउँथे उनी।

कोरोना भाइरस फैलने खतराका कारण सरकारले लकडाउन गरेपछि उनको तरकारी बारीमै छ। झन्डै दुई सातायता उनले न तरकारी टिप्न गएका छन् न बेच्न।

बुढाक्षेत्री मात्र होइन नगरपालिकाको वडा न ४, ६ ११ का किसानको दैनिकी पनि फेरिएको छ। तरकारी बिक्री गरेर दैनिकी चलाउने किसान लकडाउनका कारण समस्यामा परेका छन्। अधिकांश किसानको तरकारी बारीमा थन्किएको छ।

दुई सातासम्म तरकारी टिप्न नसक्दा कुहिन थालेको बुढाक्षेत्रीको भनाइ छ। गाउँमा तरकारी बिक्री हुँदैन बजारका तरकारी पसल र होटल सबै बन्दछन्  उनले भने। 'तयार भइसकेको तरकारी बिक्री गर्न नपाउँदा दैनिक गर्जो टार्न समस्या बड्दै छ्' उनले भने।

सल्यान जिल्लाका  अधिकांश किसानको आम्दानीको स्रोत नै ताजा तरकारी हो। अहिले किसानको बारीमा काउली, बन्दा, केराउ, हरियो फर्सी, टमाटर, रायो लगायतका ताजा तरकारी छन्।

अधिकांश किसान व्यावसायिक तरकारी खेती गर्दै आइरहे पनि लकडाउनका कारण करोडौंको तरकारी बारीमा रहेको शारदा नगरपालिका-१ शीतलपाटीका किसान नवीन भडेलले बताए। 'टिप्नुपर्ने तरकारी पनि अब काम नलाग्ने हुने हो कि भन्ने चिन्ता छ' उनले भने। लकडाउन लम्बिएपछि थप समस्या भयो। जिल्लाको तरकारी बिक्री हुने मुख्य बजार भनेकै श्रीनगर, खलंगा, सल्लीबजार  हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.