|

दाङ : देश लकडाउन भएदेखि सबैतिर सुनसान छ। तर तर दाङका गाउँगाउँमा किसानहरु हिउँदेबाली भित्र्याउने चटारोमा छन्। परिवारका सबै सदस्य अन्नबाली भित्र्याउन लागिपरेका छन्। लामो समयदेखि बजार क्षेत्रमा छोराछोरीलाई पढाउन र व्यापार व्यवसाय गरी बसेकाहरु गाउँ फर्किएका छन्। 

उनीहरुले पनि परिवारका अन्य सदस्यहरुलाई अन्नबाली भित्र्याउने काममा सघाइरहेका छन्। अहिले जिल्लाका खेतबारीमा आलु, तरकारी, तोरी, जस्ता खाद्यान्न भित्र्याउने समय भएको छ। 

लकडाउनको समयमा खेताबारीमा पुगेका घोराही उपमहानगरपालिका ६ सौडियारका हरवीर चौधरी भन्छन्, घरमा हामी बुढाबुढी मात्र थियौं, नातिनातिनाहरु पनि घर आएका छन्, खेतबारीमा अन्न पाकेर भुइँमै झर्ने अवस्थामा छ। खेर जान दिनु त भएन।’ खेतीबारीमा काम गर्दा कतिपयले मास्क, पन्जा र दूरीलाई समेत ध्यानसमेत दिने गरेका छन्। 

आफूलाई त्यस्तो शंका र लक्षण नदेखिएकाले साबधानीका सामाग्री प्रयोग नगरेको घोराही उपमहानगरपालिका १२ साइपुरका धनबहादुर बुढाले बताए। त्यसैगरी किसानहरुलाई सरकारले कुनै पनि राहत नदिएको भन्दै कोरोना लाग्छ भनेर घरमा बस्दा अन्न त्यतिकै खेर जाने उनले बताए। 

त्यसैगरी घोराही घोराही उपमहानगरपालिका १६ बाहुनडाँडाका कुसुम चौधरीले कोरोनाको त्रास भए पनि खेतीपाती गर्नुपरेको बताए। कोरोना संक्रमणको डर भए पनि बाध्यताले अन्नबाली भित्र्याउनुपरेको उनले बताए। त्यसैगरी घोराही १३ का नारायण चौधरी भनछन्, ‘धेरै छैन्, थोरै छ, त्यो पनि लकडाउन भयो भन्दैमा त्यतिकै छोड्नुभएन्।’

अरुले हैन, आफै काम गर्नुपर्ने भन्दै उनले रोगबाट बच्ने उपाय पनि अपनाइएको बताए। ‘सरकारले लकडाउन गरेको छ। किसानहरुले तयार गरेको  बाली नभित्र्याई हुँदैन,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.