|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि बिरामीलाई उपचार नगरी नफर्काउन अस्पतालहरुलाई चेतवानी दिएको छ।

मन्त्रालयले आइतवार गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले अझै पनि बिरामीहरुले उपचार नपाएको गुनासो आइरहेको भन्दै यस्तो चेतावनी दिएका हुन्। 

'अझै पनि बिरामीहरुले स्वास्थ्य सेवा नपाएको गुनासो आउने क्रम रोकिएको छैन', उनले भने, 'आकस्मिक सेवा अनिवार्य रुपमा दिन सबै अस्पतालहरुलाई पुन: सचेत गराउँछौं।'

बिरामीले उपचार नपाएर एउटा अस्पतालबाट अर्कोमा जाने अवस्था सिर्जना नगर्न पनि उनले आग्रह गरे। देवकोटाले विदेशबाट आएका सबैलाई अनिवार्य क्‍वारेन्टाइन नियम पालन गर्न पनि आग्रह गरे।

'बाहिरबाट आएका संक्रमित व्यक्तिले आफ्ना परिवारलाई सारेको अवस्थामा बाहिरबाट आएकाहरु क्‍वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने विषयलाई गम्भीर रुपमा पालना गर्नुहोला', उनले थपे, 'परिवार, समाज र राष्ट्रप्रति जिम्मेबार बनिदिनुहोला।'

उनले कैलाली, कञ्चनपुर र बाग्लुङका क्यारेन्टाईनमा रहेका सबैको तथा चैत महिनामा बाहिरबाट नेपाल प्रवेश गरेका सबैको र्‍यापिट टेष्टबाट कोभिड १९ को परीक्षण गर्ने बताए। 

पोजेटिभ देखिएका व्यक्तिको पुन पिसिआर विधिबाट परीक्षण गर्न सरकारले दिएको निर्देशन अनुसार सम्बन्धित निकायको बैठक बसी तीनै जिल्लामा सोमबार टोली पठाउने निर्णय भएको जानकारी पनि देवकोटाले दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.