स्वास्थ्यकर्मीको काममा बाधा पुर्‍याउनेलाई कारबाही हुने

|
फाइल फोटो

काठमाडौं : सरकारले स्वास्थ्यकर्मीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपकरण एवं सामग्री र प्रोत्साहनको विशेष व्यवस्था गर्ने भएको छ।

यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम नियन्त्रण र उपचारमा संलग्न चिकित्सक, नर्स, प्राविधिक र स्वास्थ्यकर्मीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपकरण र सामग्री प्रोत्साहनस्वरुप विशेष व्यवस्था गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले जानकारी दिए। 

मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले यदि कोही कसैले स्वास्थ्यकर्मीको काममा बाधा पुर्‍याए ड्युटीमा खटिएका सुरक्षाकर्मीको कार्य सम्पादनमा बाधा विरोध गर्ने जतिलाई कारबाही गरिने बताए।

यो निर्णयसँगै स्वास्थ्यकर्मीको काममा कोही–कसैले पनि बाधा नपुर्‍याउने विश्वास गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.