|

सल्यान : जिल्लाको शारदा नगरपालिकाले अन्तरवडामा आवतजावत गर्न प्रतिवन्ध लगाएको छ। कोभिड १९ का कारण उत्पन्न परिस्थिति भन्दै वडाअन्तर गरिने आवातजावतलाई पनि प्रतिवन्ध लगाउने निर्णय गरेको हो। 

शनिबार बसेको नगरकार्यपालिकाको वैठकले नेपाल सरकारले अन्तरजिल्ला, पालिकामा जान प्रतिवन्ध गरेको भोलिपल्ट नगरपालिकाले यस्तो निर्णय गरेको हो। कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएको भन्दै वडान १५ वटै वडा लकडाउन गर्न थालिएको नगरपालिकाले जनाएको छ। 

नगरपालिकाका १५ वटै वडामा सरकारको नीतिअनुसार एक वडाबाट अर्को वडा जान प्रतिवन्ध लगाइएको नगरप्रमुख सुरेश अधिकारीले बताए। बिरामी, स्वास्थ्यकर्मी, र अत्यावश्यक काममा खटिएका हकमा भने प्रतिवन्ध लागू नहुने उनको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.