|

एजेन्सी : विश्‍वभर मानवीय हताहती निम्त्याइरहेको कोरोना महामारी संक्रमण जीवजन्तुमा पनि देखिन थालेको छ। अमेरिकको न्युयोर्कस्थित ब्रोङ्कस चिडियाघरमा राखिएकी चार वर्षीया बाघिनीलाई कोरोना संक्रमणको पुष्टि भएको हो। 

लगातार सुख्खा खोकी खोक्न थालेपछि  सो पोथी बाघको स्वास्थ्य परीक्षण गर्दा संक्रमण पुष्टि भएको सीएनएनले जनाएको छ। 

पशु चिकित्सकहरुले चिडियाखामा रहेका अन्य पाँच बाघ र सिंहहरुको पनि नमुना लिएका छन्। ती जनावरहरुमा समेत कोरोना लक्षण देखिएको र सास फेर्न समश्या भोगिरहेको अमेरिकीको कृषि विभाग (युएसडीए) ले जनाएको छ।

'ठूला जनावरहरुमा संक्रमणले कस्तो असर गर्छ भन्‍ने थाहा भएको छ, हामीले संक्रमित जनावरमाथि निरन्तर निगरानी गरेका छौं। पूर्ण रुपमा निको पार्न प्रयास गरिरहेका छौं', चिडियाखानाको विज्ञप्तिमा उल्लेख छ।

कोरोना भाइरस संक्रमण फैलिएपछि गत मार्च १६ तारिखदेखि ब्रोङ्कस चिडियाघर बन्द गरिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.