|

म्याग्दी : पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले निम्न आय भएका र मजदुरहरुलाई ६ क्विन्टल तरकारी निःशुल्क वितरण गरेका छन्।

म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको शालिजाका किसानले लकडाउनका कारण  काम नपाएर भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेका मजदुरहरुलाई नौजना किसानहरुले जलजलाको मिलनचोकमा स्थापना गरिएको खाद्य बैंकमा ६ क्विन्टल तरकारी सहयोग गरेका हुन्। उक्त तरकारी लामाखेत र बारिबेनीमा बस्ने विपन्न तथा श्रमिक परिवारलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए।

किसानहरुले काउली, ब्रोकाउली, बन्दा, ठूलो करेला, साग, प्याजलगायतका तरकारी सहयोग गरेका हुन्। चैत ११ देखि गरेको लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी, फलफूल र दूधको बिक्री घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.