|

डोल्पा : डोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सांसद धनबहादुर बुढाले काठमाडौंमा भोकभोकै परेका डोल्पाका दुई परिवारलाई लाई खाद्यसामग्री उपलब्ध गराएका छन्‌।

उपचार गर्न काठमाडौं गएका डोल्पा दुई परिवार कोरोना भाइरस (कोभिड-१९) फैलन नदिन सरकारले घोषणा गरेको 'लकडाउन'का कारण काठमाडौंमा अलपत्र परी भोकभोकै बसेका थिए। 

पूर्व राज्यमन्त्री समेत रहेका बुढाले जिल्लाको मुड्केचुला गाउँपालिका अन्तर्गत नर्कु गाउँ बस्ने भगवती सिँहको ३ जनाको परिवार र त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने कमला बुढाको ६ जनाको परिवारलाई काठमाडौंमै नुन, चामल, तेल, दाल र मसला लगायतका खाद्यसामग्री उपलब्ध गराएका हुन्‌।

'उपचारको क्रममा पैसा सकिएपछि केही दिनदेखि भोकभाकै बस्नु परेको थियो,सांसद बुढाको सहयोग पायौँ, निकै राहत महसुस गरेका छौँ,' राहत थाप्दै कमला बुढाले भनिन्।

डोल्पाली सर्वसाधारणहरु भोकभोकै परेको खबर थाहा पाएपछि खाद्य सामग्री खरिद गरेर वितरण गरेको सांसद बुढाले जानकारी दिए।

काठमाडौं अलपत्र परेकाका डोल्पाली विद्यार्थी र सर्वसाधारणका लागि केही समस्या परे जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न तत्पर रहेको सांसद बुढाले बताएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.