|

पर्सा : पर्सामा लकडाउन थप प्रभावकारी बनाउन अझ कडाई गरिने भएको छ। अबदेखि विभिन्न नौ दायरा वाहेकका सवारीसाधन र व्यक्तिको आवागमनमा पूर्ण बन्देज लगाइएको छ। 

मुलुकभित्र कोरोना संक्रमित देखिइसकेकाले जिल्लावासीलाई त्यसबाट जोगाउन जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना नै जारी गरी थप नौ दायरा तोकेको छ। तोकिए वाहेकका अन्य सावरी साधन र मानिसलाई बाहिर हिँडडुल गर्न नदिइने प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए।

यसअघि आफैँ सुरक्षित भई लकडाउनको अवधिमा हिँडडुल गर्न छुट दिइएकोमा प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मी, एम्बुलेन्स तथा शव वाहन, झण्डावाल सवारी,  कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति, संघ संस्थामा कार्यरत मानिस र सवारीसाधनलाई मात्र अबउप्रान्त आवागमन गर्न दिइने भएको छ।

यसैगरी स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फर्मासिष्ट, प्रयोगाशालामा कार्यरत प्राविधिक, अस्पतालका कर्मचारी, औषधी उत्पादन ढुवानी र बिक्रीवितरणमा संलग्न जनशक्तिहरु, खानेपानी वितरण र मर्मत सम्भारमा खट्ने जनशक्ति, फोहोर मैला व्यवस्थापनमा परिचालित जनशक्ति, ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति, अत्यावश्यक बस्तु तथा सेवा ढुवानी गर्ने मालवाहक सवारीसाधनले मात्रै आवागमन गर्न पाउनेछन्‌।

मानवीय संकटको समयमा नियमको उल्लंघन नगरिदिन प्रशासनले सूचित गराएको छ। नियम मिचे कानूनी कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

जिल्ला प्रशासन कार्यालयले तोकेका दायराका व्यक्ति वा सवारीले पनि आ-आफ्नो संघसंस्थाबाट जारी परिचय पत्र अनिवार्य राख्नैपर्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचना :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.