|

सोलुखुम्बु : वैदेशिक रोजगारीबाट नेपाल आएका सोलुखुम्बुका थप तीन जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ। थुलुङ दुधकोसी गाउँपालिका ४ जुबुका २ जना र वडा नम्बर ८ देउसाका एक युवकको स्वाब परीक्षण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनीहरुको स्वाब परीक्षण गरिएको थियो। गत चैत ४ गते वडा नम्बर ८ देउसाका सूर्य राई फ्लाई दुबईबाट, सोही दिन हिमालयन एयरलाइन्सबाट वडा नम्बर ४ जुबुका सूर्य राई र चैत ७ गते नेपाल एयरलाइन्सबाट वडा नम्बर ४ जुबुका सुमन गुरुङ नेपाल आएका थिए।

उनीहरुलाई गाउँ आएको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्वारेनटाइनमा राखिएको अध्यक्ष राईले बताए। यस्तै वैदेशिक रोजगारीबाट आएका सोही गाउँपालिकाका अन्य ४ जना पनि अहिले सेल्फ होम क्वारेनटाइनमा बसेका छन्। उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको गाउँपालिकाले जनाएको छ।

यसअघि कोरोना संक्रमित युवतीसँगै आएका गाराखानीका युवक र तिङ्लाकी युवतीको टेकु अस्पतालमा स्वाब परीक्षण गरिएको थियो। उनीहरुको पनि रिपोर्ट नेगेटिभ नै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.