झापा (भद्रपुर) : पानीमा डुबेर झापामा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका ११ मिलडाँडा बस्ने ५६ बर्षीया तारादेवी कुमाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार आइतबार राती छिमेकीको घरमा घुम्न गएका अवस्थामा आँगनमा पानी जमाउन बनाएको रिङभित्र लडेकी थिइन्।
सोही रिङभित्र जमेको पानीमा डुबेर कुमालको मृत्यु भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।