|

कोरोना भाइरसबाट पश्चिमा देशहरू आक्रान्त भइरहँदा चीन भने अहिले राहतको सास फेरिरहेको छ। चीनमा उल्लेख्य संख्यामा नयाँ केस देखिएका छैनन्। दैनिक सरदर ३० देखि ३५ जना नयाँ संक्रमित थपिइरहँदा दैनिक मृत्युदर ३ वा ४ जनामा खुम्चिएको छ।

तर, वुहान शहरमा खटिएका एक जनस्वास्थ्य विज्ञले सरकारलाई ढुक्क नहुन सुझाव दिएका छन्। वुहान कोरोना भाइरसको केन्द्रबिन्दु हो। 'हामी यो भाइरसलाई रोक्न एक हदसम्म सफलभएका छौं,' सरकारका तर्फबाट वुहानमा खटाइएका डाक्टर वाङ चेनले भने, 'तर, यो भाइरसबारे धेरै कुरा थाहा पाउन बाँकी नै छ।'

थप सावधानी अपनाउनुपर्ने भन्दै उनले कोरोनाविरुद्ध जीत घोषणा गर्ने बेला नभइसकेको बताए। उनले थपे, 'हामीले यसबारे मिहिन जानकारी हासिल गरिसकेका छैनौं। यो कसरी फैलन्छ भनेर यकिनका साथ जान्न बाँकी नै छ। त्यसैले सतर्कता अपनाउन छाड्नुहुन्न।'

विदेशीहरूबाट भाइरस भित्रन थालेको पत्ता लागेपछि चीन सरकारले वीदेशीहरूको आगमनमाथि अस्थायी प्रतिबन्ध लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.