इटालीमा भन्दा स्पेनमा धेरै संक्रमित, लिबियाका पूर्वप्रधानमन्त्रीकाे निधन

|

एजेन्सी : भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ३२ पुगेको छ। त्यस्तै साेमबारसम्म चार हजार चार सय ६० जना संक्रमित भइसकेका भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्। सोमबार महाराष्ट्रमा ३३, गुजरातमा १६, आन्धप्रदेशमा १४, राजस्थानमा ८, झारखण्डमा एक जना नयाँ संक्रमित थपिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६ सय ५ नयाँ संक्रमित भेटिएका थिए । भारतमा सोमबारसम्म बिहान ९ बजेसम्म दुई सय ९१ जना उपचारपछि घर फर्किएका बताइएको छ। 

भारतमा ७ लाख र्‍यापिड टेस्टिङ किट ल्याइँदै 

इन्डियन काउन्सिल अफ मेडिकल रिपोर्ट (आइसिएमआर) अनुसार भारतमा ७ लाख र्‍यापिड एन्टी बडी टेस्टिङ किट ल्याउने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। आइसिएमआरका अनुसार यी किट अगल अलग समयमा ल्याइने भएको छ। पहिलो चरणमा पाँच लाख किट ल्याइने जनाइएको छ। यी र्‍यापिड किटमार्फत एक थोपा रगतबाटै १० मिनेटभित्र कोरोना संक्रमण भए नभएको पत्ता लाग्नेछ। 

यसैगरी विश्वभर काेराेना भाइरसकाे संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ६९ हजार नाघेकाे छ । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार साेमबार बिहानसम्म निकालेकाे तथ्यांकअनुसार विश्वका दुई सय चार देशमा यसकाे संक्रमण फैलिसकेकाे छ। काेराेना संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामा प्रभाव पारेकाे छ। अमेरिकामा तीन लाख ३७ हजारमा काेराेना संक्रमण भइसकेकाे अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। त्यहाँ ९ हजार चार सयभन्दा बढीकाे मृत्यु भइसकेकाे छ। न्युयाेर्कमा मात्रै चार हजार एक सय ५० जनाभन्दा बढीकाे मृत्यु भइसकेकाे छ। 

इटालीमा भन्दा धेरै स्पेनमा संक्रमित

अमेरिकापछि धेरै स्पेनमा काेराेना संक्रमितहरुकाे संख्या रहेकाे छ। स्पेनमा एक लाख ३१ हजारमा काेराेना संक्रमण भइसकेकाे छ भने त्यहाँ साढे १२ हजारभन्दा बढीकाे ज्यान गइसकेकाे छ । इटाली भने काेराेना संक्रमितकाे संख्याका आधारमा तेस्राे स्थानमा छ। इटालीमा एक लाख २८ हजार जनामा यसकाे संक्रमण भइसकेकाे छ। जहाँ ज्यान गुमाउनेकाे संख्या १६ हजार नजिक पुगेकाे छ। 

लिबियाका पूर्वप्रधानमन्त्रीकाे निधन

काेराेना भाइरस संक्रमणबाट लिबियामा एक जना पूर्वप्रधानमन्त्रीकाे पनि निधन भएकाे छ। अन्तराष्ट्रिय सञ्चारमाध्यम अल जजिराका अनुसार लिबियाका पूर्वप्रधानमन्त्री माेहममद जिब्रिलकाे निधन भएकाे हाे। अस्पतारमा उपचाररत उनमा एक साताअघि काेराेना संक्रमण देखिएकाे थियाे। ६८ वर्षाीय जिब्रिल सन् २०११ मा माेहम्मद गद्दाफीपछि सत्तामा आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.