|

सिन्धुपाल्चोक : थकनी-४ की विष्णुमाया तामाङ सुत्केरी भएपछि देखिएको नशा सम्बन्धि रोगका कारण अहिले निकै समस्यामा छिन्। आर्थिक रुपमा विपन्‍न परिवारले उनको उपचारमा धेरै खर्च गरिसकेको छ। तर विष्णुमायाको स्वास्थ्य अवस्थामा सुधार आएको छैन्। 

सुत्केरी हुँदा उनको देब्रे हात र दाहिने खुट्टा गुम्यो। त्यसपछि नशा सम्बन्धि रोग देखा पर्‍यो। उपचारका लागि श्रीमान् इमानसिंह तामाङले काठमाडौं मेडिकल कलेजमा भर्ना गरे। मेडिकल कलेजमा उपचार संभव नभएपछि उनलाई मनमोहन अस्पताल भर्ना गरियो। 

महङ्गो अस्पतालमा बिल तिर्नका लागि आवश्यक पैसा नहुँदा गाउँघरमा ऋण गरेर उपचार गरेको श्रीमान् इमानसिंहले बताए। 
‘हातखुट्टामा क्यान्सर भएको भनेर अस्पतालका डाक्टरहरुले हातखुट्टा कट्नुपर्ने बताए,’ तामाङ भन्छन्,‘श्रीमतीको हातखुट्टा काटियो। अहिले उनकै सेवामा छु । असार महिनामा बिरामी भएकाले खेतीको काम गर्न भ्याईएन। अहिले खानको लागि अन्‍नको गेडो छैन उपचारमा लागेको ऋण खै, कसरी तिरु मैले?’ 

छोराछोरीलाई राम्रो शिक्षा दिनका लागि श्रीमान्–श्रीमती दुबैले मिलेर खेतीको काम थालेका थिए। तर विष्णुमायाको स्वास्थ्य खराब भएपछि अहिले छोराछोरीको पठाइ समेत प्रभावित भएको छ।‘आमाको उपचारमा लागेको ऋण तिर्ने भन्दै दुइवटा छोरीले पढ्न छाडेका छन्। एक छोरा र अर्को छोरी विद्यालय जाँदै छन्। कसरी उनीहरुलाई पढाउने मैलेरु’ बिष्णुमायाका श्रीमान्ले दुखेसो सुनाए,‘ श्रीमतीको हेरचारमा समय जान्छ। कमाएर ल्याउन सकेको छैन्। छोराछोरी र श्रीमती म एक्लैले कसरी पाल्नु?’

उनले श्रीमतीको उपचारका क्रममा १ लाखभन्दा धेरै ऋण लिएको बताए। ‘हातखुट्टा काटेको ठाउँमा अहिले बिहान बेलुका पोल्छ। उपचार गराउँन  पैसा छैन्,’ बिष्णुमाया भन्छिन्–‘अब पहिलेको ऋण कसरी तिर्नु र फेरी पोल्ल थालेको ठाउँमा उपचार गर्न जानु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.