|

दैलेख : सुदुरपचिम प्रदेशको कैलालीमा कोरोनाका बिरामी फेला परेपछि दैलेख र सुदूरपश्‍चिमसँग सिमाना जोडिएका दैलेखका पश्‍चिमका सम्पूर्ण नाका बन्द गरिएका छन्। 

आठबिस नगरपालिकासँगै अछामसँग जोडिएका १० वटा पुलहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख खड्कराज उपाध्यायले जानकारी दिएका छन्। दुल्लु नगरपालिकाले पनि कर्णालाी नदीसँगै अछाम आवतजावत गर्ने पुलहरु बन्द गरेको छ । नगरपालिका १ मा पर्ने तल्लो डुंगेश्वर र अछामको रफ हुँदै आवतजावत गरिने पुल  बन्द गरिएको नगर प्रमुख घनश्याम भण्डारीले बताए। 

यता चामुण्डा बिन्द्रासैनी नगरपालिकाले पनि सुदूरपश्‍चिम प्रदेशको अछामसँगको नाका बन्द गरिएको बताएको छ। नगरपालिका ७ को पालतडा, जाक्सा, रामघाट र ९ मा रहेको पादुका खोलाबाट अछाम आउजाउ गरिने नाका बन्द गरिएको नगर प्रमुख सूर्यबहादुर शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.