जुम्ला : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जुम्लाका स्थानीयतहमा निर्माण गरिएका क्वारेन्टाइनहरूको अनुगमन गरेका छन्।
खाडी मुलुक तथा भारतबाट आइपुगेका व्यक्तिलाई निगरानी गर्न निर्माण गरिएका क्वारेन्टाइनको अनुगमन गर्न मन्त्री भण्डारी सोमबार जुम्ला पुगेका हुन्। मन्त्री भण्डारीले चन्दननाथ नगरपालिका, गुठीचौर, तातोपानी र तिला गाउपलिका निमार्ण भएका क्वारेन्टाइनको सोमबार अनुगमन गरे।
अस्पताल परिचालन तथा समन्वय समितिको बैठक र विपद् व्यवस्थापन समितिको बैठकका लागि जुम्ला पुगेका मन्त्री भण्डारीले कोराना भाइरसको संक्रमण फैलन नदिन जिल्लामा भइरहेका क्रियाकलापका बारेमा समेत जानकारी लिएका छन्।
कोराना भाइरस संक्रमण रोक्न उच्च सतर्कता अपनाउन लागि मन्त्री भण्डारीले सरोकारवालालाई निर्देशन समेत दिएका छन्। अनुगमनका क्रममा उनले भने, 'कोराना भाइरसको संक्रमणबाट जोगिन जिल्ला बाहिरबाट आउनेलाइ उच्च निगरानीमा राखौँ, आफु सुरक्षित बनौँ, अरुलाइ पनि सचेत तुल्याऔं।’
कर्णालीवासीलाई लकडाउनको पूर्ण पालनाका लागि आग्रह गर्दै मन्त्री भण्डारीले संक्रमण फैलन नदिन प्रदेश सरकारले पुरै सामर्थ्य लगाएको दाबी गरे। जुम्लाका क्वारेन्टाइनस्थल अनुगमनपश्चात सोमबारै मन्त्रीसहितको टोली कालीकोटतर्फ लागेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।