|

म्याग्दी : म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मुल सडकमा नै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयले भोटेताल्चा लगाएका छन्।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयले आवतजावतमा रोक लगाएका हुन्।

आपतकालीनबाहेक आवतजावत बन्द गरिएको मालिका गाउँपालिका वडा नं ६ दरबाङका अध्यक्ष सन्तनाथ सुवेदीले बताए। लुकिछिपी आवतजावत बढेपछि म्याग्दीको व्यापारिक केन्द्र दरबाङबजार नजिकै छ्यारछ्यारेमा फलामे बार राखेर ताल्चा लगाइएको उनले जानकारी दिए। 

पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकासँगै छिमेकी बागलुङ र रुकुम जिल्लाबाट आवतजावत नरोकिएपछि आसन्न खतराबाट बच्न सडकमा नै ताल्चा लगाएर बन्द गर्नुपरेको अध्यक्ष सुवेदीले बताए।

रातिको समयमा सवारीसाधनमै लुकीछिपी हिँड्ने गरिएको छ, ‘अत्याआवश्यक अवस्थाबाहेक मान्छेहरुलाई ओहोरदोहोर गर्न रोकेका छौ’ अध्यक्ष सुवेदीले भने।
मालिकासँगै बागलुङको तमान, लाम्मेला र रुकुमबाट समेत मान्छेहरु आउन थालेकाले बाध्य भएर सडकमा कडाई गर्नुपरेको दरबाङका समाजसेवी गोपाल रेग्मीले बेनी–दरबाङ सडकमा तगारो लगाइएसँगै युवाहरुले नियमित गस्ती समेत गरेका रेग्मीले जानकारी दिए।

वडाध्यक्ष सुवेदीका अनुसार एक गाउँबाट अर्काे गाउँ जानआउनसमेत अवरोधलाई थप कडाइ गर्न प्रहरीसहित ६ जना युवा खटाइएको छ।.छिमेकी जिल्लाहरुको कारण दरबाङसमेत जोखिममा परेपछि स्थानीयले बिरामी र अतिआवश्यक परेकालाई सहज हुने गरी वडाध्यक्ष सुवेदी, इलाका प्रहरी कार्यालय र लायन्स क्लब अफ दरबाङका पूर्वअध्यक्ष स्थानीय हीरा पुनलाई चाबी दिइएको छ .।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.