|

जाजरकोट : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृहजिल्ला जाजरकोटका सबै स्थानी यतहमा स्वास्थ्यसामग्री उपलब्ध गराएका छन्‌। मन्त्री बस्नेतका स्वकीय सचिव मुक्ती बस्नेतले प्रमुख जिल्ला अधिकारी जनकराज पन्तमार्फत स्वास्थ्य सेवा कार्यालयमा हस्तान्तरण गरेका हुन्‌।

क्वारेन्टाइनमा आवश्यक पर्ने अत्यधुनिक १२ सेट वेड, १०० थान गज, १० थान थर्मलगण, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) १४० थान, गाउन १० थान, १ हजार ७ सय मास्क, एक कार्टुन साबुन, पञ्जा ४५० थान र तरल साबुन २ कार्टुन उपलब्ध गराएको छ। 

यसअघि पनि स्वास्थ्य मन्त्रालयबाट गाउन १५ थान, १३० पञ्जा, १५ फेस सिल्ड, १५ वटा क्याप सर्जिकल, १५ वटा फेस मास्कलगायतका सामग्री जाजरकोट पठाइएको थियो।

निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रत्न खड्काले १०० थान विभिन्न स्वास्थ्य साधनहरु स्वास्थ्य सेवा कार्यालय र पालिकामा उपलव्ध गराएका छन्‌। आजै सबै सामग्रीहरु जाजरकोटका सबै स्थानीय तहमा पुग्ने अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.