|

नेपालगन्ज : कृषिमन्‍‍त्री गौरीशंकर चौधरीले १० वर्षभित्र नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने अभियान सरकारले थालेको बताएका छन्। शनिबारबाट नेपालगन्जमा सुरु भएको २ दिने खाद्य मेलाको उद्घाटन सत्रमा मन्त्री चौधरीले कृषि क्षेत्रको विकासका लागि सरकारले २० वर्षे रणनीति र १० वर्षे कार्ययोजना ल्याएको बताए। 

उनले कृषकलाई प्रोत्साहन गर्न पेन्सनको व्यवस्था गरिने बताए ।‘कृषिमा २० वर्ष बिताएका र ६० वर्ष उमेर पुगेका कृषकलाई मासिक २ हजार ५ सयका दरले पेन्सन दिने तयारी भैरहेको छ,’ मन्त्री चौधरीले भने,‘यसका लागि संसदमा विधेयक पेश भइसकेको छ।’

उनले किसानलाई परिचयपत्र प्रदान गरिने बताए। छिट्टै किसानको वर्गिकरण गरिने उनले बताए। धेरै खेती गर्ने र थोरै खेती गर्ने किसानको वर्गिकरण गरिने र सोही अनुसार राहत र सहुलियत प्रदान गरिने मन्त्री चौधरीको भनाइ छ। 

कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव लेखनाथ आचार्यले नेपालीले खाद्यन्न उपभोग गर्न नजानेका कारण दुख पाउन थालेको बताए। अहिलेको अवस्था जारी रहे सन्ततीले अझै दुख पाउने नउले बताए। उनले आ–आफ्नो ठाउँमा उत्पादन भएका खाद्यन्नको बढीभन्दा बढी प्रयोग गर्न सुझाव दिए। ‘खाद्यन्‍न उत्पादन नै नभएर होइन, खान नजानेर नेपालमा खाद्यन्न अपुग भइरहेको छ,’ आचार्यले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.