|

जनकपुरधाम : प्रदेश २ बाट १ सय ३ जनाको थ्रेट स्वाब परीक्षण भएको छ। परीक्षण भएका सबैको रिपोर्ट निगेटिभ आएको प्रदेश २ सरकारले जनाएको छ। प्रदेश २ सरकारले मंगलबार गरेको मिडिया ब्रिफ्रिङमार्फत उक्त जानकारी दिएको हो।

प्रदेश २ मा हालसम्म ९ सय ३६ जनालाई क्वारेनटाइनमा राखिएको छ। यसैगरी १२ सय १३ जना होम क्वारेनटाइनमा रहेको बताइएको छ। लुकीछिपी नेपाल पस्न सक्ने अवस्थालाई मध्यनजर गदैं सीमा क्षेत्रमा सुरक्ष सतर्कता बढाइएको घिमिरेल बताए। 

भारत हुँदै सप्तरीस्थित डाक्नेश्वरी नगरपालिकाको सीमा क्षेत्रबाट लुकीछिपी प्रवेश गरिरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको घिमिरेले जनाए। गत चैत २३ गते राति नेपाल प्रवेश गरेका उनीहरुलाई भोलिपल्ट स्थानीय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ। 

उनका अनुसार पाँच जनामध्ये तीन जना मुस्लिम समुदायसम्बद्ध तकलिवी जमात अर्थात् धार्मिक भेलाका लागि नेपालबाट भारत गएको बुझिएको छ। प्रदेश २ अन्तर्गत भारतसँग सीमा जोडिएका १ सय नौ वटै नाकाहरु पूर्ण रुपमा बन्द रहेको घिमिरेले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.