|

गुल्मी : गुल्मीको इस्मा गाउँपालिका ५ इस्मा रजस्थलले वडाका सात नाकामा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ। वडाध्यक्ष कलानिधि भण्डारीको अध्यक्षतामा बसेको शिक्षक, कर्मचारी र लेन्थवर्करहरुको भेलाले नाकाहरुमा पालैपालो काम गर्ने गरी स्वयंसेवक दस्ता गठन गरेको हो। 

गाउँपालिकाले मुख्य नाका छल्दी पनाह, रामकोट, कुख्रेखोला २ स्थान, चोरकाटे र हुलाकेमा बेरियल निर्माण गरेर मानिस तथा सवारीसाधन आउजाउमा कडाइ गरेको छ। वडा जोड्ने अन्य सडकहरुमा पनि बेरियल निर्माण गरेर थप व्यवस्थित गरिने गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन्। साथै लकडाउन व्यवस्थित गर्न मोबाइल गस्ती टोली बनाइएको छ। 

इस्मा प्रहरी चौकी इन्चार्ज मोहनलाल अधिकारी नेतृत्वमा स्वास्थ्यकर्मी र कर्मचारीसहितको टोली दिनरात गस्ती गर्ने, नियम उल्लंघन गरेर अनावश्यक सडकमा हिँडने, सवारी चलाउने, पसल खोल्ने तथा मदिरा बिक्री वितरण र सेवन गर्नेहरुलाई कारबाही गरिएको खत्रीले बताइन्। 

सोमबार राति गस्ती टोलीले गाउँपालिकाका रातडाँडा, रातचौर र बुल्मका विभिन्न पसलहरुमा मदिरा बिक्री गरिरहेको, सेवन गरेर होहल्ला गरिरहेका सूचनाको आधारमा छापा मारेर मदिरा नष्ट गर्नुका साथै कारबाही गरिएको गस्ती टोली संयोजक मोहलनलाल अधिकारीले जानकारी दिए। आइतबार र सोमबार मात्रै लक डाउन उल्लंघन गर्ने १५ जना युवाहरुलाई नियन्त्रणमा लिएर कारबाही गरिएको अधिकारीले बताए।

यस्तै धुर्कोट गाउँपालिकाले पनि एक वडाबाट अर्को वडामा जानका लागि बन्देज गरेको गाउँपालिकाले जनाएको छ। यस्तै बाग्लुङ र गुल्मीको सीमाना कालीगण्डकी गाउँपालिकाको प्रबेश स्थलमा पनि वार लगाइएको छ भने गुल्मी, स्याङजा र पर्वतको संगमस्थल सेतिबेनीमा पनि स्थानीयहरुको सक्रियतामा वार लगाई लकडाउनलाई पूर्ण पालना गर्नका लागि वार लगाएको दाबी गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.