पत्रकारकाे अपमान गरेकाे भन्दै महासंघद्वारा भर्त्सना

|

धनकुटा : धनकुटामा स्वास्थ्य सामग्री हस्तान्तरणको समाचार संकलनका लागि पुगेका थाहाकर्मी ईश्‍वर थापासहित ६ जना सञ्चारकर्मीलाई प्रशासनले समाचार संकलनमा अवरोध गरेको छ। 

सूर्यबहादुर थापा प्रतिष्ठानले जिल्लाका स्वास्थ्य सस्थाहरुका लागि पठाएको स्वास्थ्य सामग्री जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रममा थाहाकर्मी थापा सहित पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, द हिमालय टायम्सका धनकुटा समाचारदाता खगेन्द्र घिमिरे, हिमालय टेलिभिजन धनकुटा समाचारदाता कविराज घिमिरे, अन्नपूर्ण पोस्ट दैनिकका धनकुटा समाचारदाता हरिबहादुर लम्जेल र रेडियो भेडेटारका स्टेसन म्यानेजर पूर्णकुमार चौधरीलाई समाचार संकलनमा अवरोध गरिएको हो। 

समाचार संकलनका लागि प्रशासन कार्यालय पुगेका पत्रकारहरु घिमिरेद्वयलाई प्रहरीले प्रशासन कार्यालय परिसरबाट अपमानजनक हिसाबले बाहिर निकालेको थियो। त्यस्तै पत्रकार महासंघका उपाध्यक्ष राई, थाहाकर्मी थापा, पत्रकारहरु लम्जेल र चौधरीलाई बाटैमा रोकेर फोटो खिच्न अवरोध गरिएको थियो। ‘दुई जना पत्रकारलाई प्रशासनबाट अपमान गरेर निकालियो। वाँकी साथीहरुलाई बाटोमै रोकेर प्रशासन कार्यालय जानै दईएन,’ पत्रकार घिमिरेले भने। 

प्रतिष्ठानले हेलिकप्टरमार्फत पठाएको सामग्री सल्लेरी ब्यारेकमा उतारेर प्रशासन कार्यालयमा विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रममा निमन्त्रणा गरेर पत्रकारहरु गएका हुन्। पत्रकार महासंघका उपाध्यक्ष राई, पूर्वअध्यक्ष घिमिरेसहित केही पत्रकार समाचार संकलनका लागि पुगे पनि प्रशासनको अवरोधका कारण उनीहरु त्यसै फर्किएका छन्। 

बाटोमा रोकिएका पत्रकारलाई प्रहरी फोटो भिडियो नखिच्न भन्दै खिचेको फोटो डिलिट गर्न दबाब दिएका थिए। यसैबीच समाचार संकलनमा अवरोध गरिएको विषयमा नेपाल पत्रकार महासंघले विज्ञप्ति निकाल्दै पत्रकारितामार्फत जनताको सुसूचित हुने अधिकार प्रशासनले हनन गरेको भन्दै आपत्ति जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.