|

काभ्रे : नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं पूर्व खेलकुद मन्त्री हितबहादुर तामाङले बुद्धिजीविहरुले उचित सुझाव दिन नसकेको बताएका छन्। काभ्रेको बनेपामा नेकपा माओवादी निकट नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन केन्द्रीय समितिले गरेको 'वर्तमान परिस्थितिमा बौद्धिक दायित्व' विषयक अन्तक्र्रियामा तामाङले संसारको जुनसुकै आन्दोलनमा बुद्धिजीविहरुको महत्वपूर्ण देन रहेको बताए। उनले अहिलेको परिस्थितिमा भने बुद्धिजीविहरुले उचित सुझाव दिन नसकेको धारणा राखे।

अहिले सरकारले गरेका उत्कृष्ट कामहरुको सही ढंगले ब्याख्या र विश्लेषण गरी जनतामाझ पुर्‍याउन नसक्दा आम नागरिक सरकारप्रति उदासिन देखिएको तामाङको भनाइ छ। 'संसारको कुनैपनि आन्दोलनमा बुद्धिजीविको महत्वपूर्ण भूमिका रहेको छ, चाहे त्यो क्रान्तिकारी आन्दोलनमा होस् या बुर्जुवा। त्यसलाई उचित उपयोग गर्न सक्नुपर्ने थियो, तर त्यसो हुन सकिरहेको छैन,' उनले भने,'माओले भनेझैं ज्ञान र ब्यवहारको द्धन्द्धात्मक सम्बन्ध हुन्छ भने झैं कुनैपनि परिवर्तनको आन्दोलनमा बुद्धिजीविबाट ज्ञान र सुझाव लिएर अघि बढ्न आवश्यक छ।'

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता दिननाथ गौतमले परिवर्तनको पक्षमा बुद्धिजीविहरुको उल्लेख्य भूमिका नदेखेको बताए। उनले भने, ‘हुन त वर्गिय समाजमा बुद्धिजीविहरु पनि वर्गिय हुन्छन्, तपाईहरुले पनि देखेको समस्यालाई खिचेर समाधान गर्ने बाटो देखाउनुपर्‍यो। अनि मात्रै बुद्धिजीविको महत्व र आवश्यक्ता बोध हुने अवस्था सिर्जना हुनेछ।’

कर्यक्रममा ‘खोज, अन्वेषण र अनुसन्धान समृद्ध राष्ट्रका लागि बौद्धिक अभियान’ विषयक कार्यपत्र संगठनका केन्द्रीय सचिव गुणराज गौतमले प्रस्ततु गरेका थिए। कार्यपत्र प्रस्तुत गर्दै गौतमले खोज, अन्वेषण र अनुसन्धानको कार्यक्रमा बुद्धिजीविहरु लाग्नुपर्ने बताए।

सोही कार्यक्रममा भएको जिल्ला भेलाले कुमार दाहालको अध्यक्षतामा नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनको ५१ सदस्यीय जिल्ला संगठन समिति गठन गरिएको छ। जसको उपाध्यक्षमा शंकर चिमोरिया, सचिवमा कान्छाराज गिरी र कोषाध्यक्षमा बद्रीप्रसाद आचार्य छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.