|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) चीन केन्द्रित भएको आरोप लगाएका छन्।  कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको भन्दै ट्रम्पले संगठनको कडा आलोचना गरेका छन्। 

ह्वाईट हाउसमा नियमित पत्रकार सम्मेलनमा निकै आक्रामक देखिएका ट्रम्पले डब्लूएचओले धेरै रकम अमेरिकासँग लिएको बताउँदै उनले भनेका छन्– ‘हामीलाई मजाक बनाइयो, स‌ंगठनमा अमेरिकाले ठूलो लगानी गरेको छ, तर उ चीन केन्द्रित भयो।’ 

डब्लूएचओले कोरोना रोकथाममा चीनले राम्रो काम गरेको बताएपछी ट्रम्पले कडा अ‌ालोचना गरेका हुन्। सीमा खुला राख्नुपर्छ भन्ने उनीहरुको सल्लाह अस्वीकार गरेर अ‌ाफूले निकै राम्रो काम गरेको भन्दै ट्रम्पले प्रश्न गरेका छन्– ‘किन उनीहरुले हामीलाई यस्तो गलत सुझाव दिए? संगठनको कुरा नमानी तत्काल नै चीनसँग हवाइ उडान रद्द गरेर राम्रो गरेको समेत ट्रम्पले बताए।

यसबारे संगठनले भने केही बोलेको छैन्। गत वर्षको डिसेम्बर अन्त्यमा पहिलोपटक चीनको वुहानमा कोरोना भाइरस देखियो। कोरोना विस्‍तारै फैलन थाल्‍यो अरु देशमा पनि । 

त्‍यसपछि  जनवरी अन्त्यमा विश्व स्वास्थ्य संगठनले  विभिन्‍न देशहरुलाई कोरोना महामारीका बावजुद पनि सीमानाका खुला राख्न सल्लाह दियो। हरेक देशले आफू अनुकूल नागरिकको सुरक्षा गर्न पाउने पनि उसले स्पष्ट पारेको थियो त्‍यतिबेला नै ट्रम्पले चीनबाट अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका थिए। अहिले सीमानाका खुला राख्‍न भनेको भन्‍दै उनले अ‌ालोचना गरेका हुन्।

चीनको वुहानबाट शुरु कोरोना संक्रमण विश्वका दुई सय भन्दा बढी देशमा फैलिएको छ। यसबाट अमेरिका निकै आक्रान्त बनेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ। अहिलेसम्म अमेरिकामा ३ लाख ९६ हजार २ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.