|

काठमाडौं : देशका अधिकांस तराई भू–भागमा तापक्रम बढ्दै गएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कैलाली, कञ्चनपुर, नेपालगञ्ज विराटनगर, भैरहवालगायतका स्थानमा तापक्रम बढ्दा जनजिवन प्रभावित भएको छ।  लकडाउनका समयमा अत्यावश्क कामले घरबाहिर निस्कदा र घरभित्रै बस्दा पनि निकै गर्मी महसुस भएको स्थानीयले बताएका छन्। स्वाथ्यकर्मी, प्रहरी, संचारकर्मी, खाद्य सामाग्री ढुवानीलगायत अत्यावश्यक काममा खटिनेहरुलाई पनि मुश्किल भएको छ। 

वितेको दुई दिन यता तराईका अधिकासं स्थानको अधिकतम तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियससम्म पुगेको महाशाखाका मौसमवीद् बरुण पौडेलले जानकारी दिए। आजको अधिकतम तापक्रम पनि  यसैको हाराहारीमा पुग्ने उनको भनाइ छ। 

आज दिनभर देशका अधिकासं पहाडी भू–भागको मौसम सफा रहनेछ भने बेलुकीपख पहाडी केहि स्थानमा चट्याङसहित पानी पर्नेछ। मध्य, पुर्व र पश्चिम पहाडका केहि स्थानमा बेलुकीपख चट्याङ सहित पानी पर्ने मौसमवीद् पौडेलले बताए। 

स्थानीय वायु र पश्चिमी वायुको असरका कारण पानी पर्न लागेको उनको भनाइ छ। उनका अनुसार काठमाडौं उपत्यकाका केहि स्थानमा पनि पानी पर्नेछ।  उच्च पहाडी तथा हिमाली भेगको मौसम बेलुकीपख आंशिक बदली हुनेछ तर पानी भने पर्नेछैन। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान १२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको. छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.