लमजुङ : कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथामका लागि सरकारले गरेको लकडाउनलाई सफल बनाउन ग्रामीण भेगका युवाहरु सक्रिय रुपमा लागेको छन्। उनले गाउँ प्रवेश गर्ने बाटो, सडकमा तगारो हालेका छन्।
लकडाउनमा पनि अटेर गरी गाउँमा बाहिरबाट अपरिचित व्यक्तिहरु आउने गरेको भन्दै युवाहरुले गाउँ प्रवेश गर्ने मुल बाटोमै तगारो हालेका हुन्। कतिपय स्थानमा रुख ढालेरै आवातजावतमा रोक लगाएका छन्।
बेसीशहर नगरपालिका–२ स्थित कालिका युवा क्लब र कालिका स्काई क्लबले गाउँ प्रवेश गर्ने सडकमा रुख ढालेर बाटो बन्द गरेका छन्। क्लबले वडा नम्बर २ चिसापानी हुँदै सुन्दरबजार गहेत जाने बाटो बन्द गरेका हुन्। लकडाउने समयमा गाउँमा अपरिचित व्यक्तिहरु आउने क्रम बढ्पछि तगारो हाल्न बाध्य भएको चिसापनीका स्थानीय हिरासिंह गुरुङले बताए।
उत्तरी लमजुङस्थित मर्स्याङदी गाउँपालिकामा बाहुनडाँडा, ठूलीबेसीलगायतका स्थानीयले पनि गाउँमा बाहिरी व्यक्ति प्रवेशमा रोक लगाउन मुख्य बाटोमा तगारो राखेका छन्।
विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्न र बचाउन आवतजावतमा रोक लगाउन बाटोमै तगारो राखेको उनीहरुको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।