|

काठमाडौं : सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब दुई अर्ब रुपैयाँ सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म कोषमा एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ रुपैयाँ जम्मा भएको हो।

उनका अनुसार मङ्गलबार मात्र कोषमा एक करोड ८० लाख ५३ हजार ४२७ रुपैयाँ जम्मा भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले एक करोड, लाइफ इन्स्योरेन्सले ५१ लाख, राष्ट्रिय परीक्षा बोर्डले ६ लाख ३५ हजार ४४०, बुडिनन्द नगरपालिकाले दुई लाख ७० हजार ५६५, राजपुर नगरपालिका दाङले दुई लाख ६२ हजार ९९४, नेपाल लेखापढी कानून व्यवसायीले दुई लाख, जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक लाख ५७ हजार ३८, जनक नन्दिनी गाउँपालिका धनुषाबाट एक लाख ४६ हजार ३१६ र जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक लाख १९ हजार ४९८ रुपैयाँ सहयोग प्राप्त भएको छ। 

यसैगरी कोषमा नाम नामेसी नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्तिरसंस्थाबाट ११ लाख ६९ हजार ५७५ रुपैयाँ सङ्कलन भएको छ। कोषमा गत सोमबारसम्म एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६२० रुपैयाँ सङ्कलन भएको थियो। सरकारले कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुने क्रम बढेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.