बुधबारसम्म २३ सयको परीक्षण

|

काठमाडौं : सरकारले कोरोना संक्रमित नजिकका मानिसहरुसंगको कन्ट्रयाक ट्रेसिङको काम सकिएको जनाएको छ । 

अहिलेसम्म संक्रमण पुष्टि भएका ८ जनाकै नजिकका मानिसहरुको कन्ट्रयाक ट्रेसिङको काम विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको मापदण्डअनुसार सकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले जानकारी दिए। 

त्यस्तै उनले हालसम्म कुल दुई हजार तीन सय ६६ वटा नमुना परीक्षण गरिएको बताए। मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकारसम्मेलनमा प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजार ९ सय ६५ वटा र काठमाडौं उपत्यकाबाहिर चार सय एक वटा टेष्ट गरिएको उनले बताए। 

आजसम्म देशभर ८ हजार ५ सय ८० जना क्वारेन्टाइनमा रहेको उनले बताए। उनका अनुसार आज काठमाडौंमा १२ जना र बाहीर १२२ जना गरी कुल एक सय ३४ जना आइसोलेसनमा रहेका छन् । 

मन्त्रालयले र्‍यापिड टेष्ट किटबाट पनि परीक्षणको दायरा वढाउदै गएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।

हिजोदेखि कैलाली र कञ्चनपुरमा खटिएको टोलीले १ सय ९८ वटा नमुना संकलन गरेको छ । त्यसैगरी अछाम, जुम्ला र सुर्खेतलगायतका जिल्लाहरुबाट ८ सय २ वटा स्वाबका नमुना पिसिआर टेष्टका लागि काठमाडौं ल्याइसकिएको छ । 

यस्तै दिपायलमा आज बिहानदेखि टोली नमुना संकलनको काममा रहेको उनले बताए। त्यहाँ तीन सय नमुना संकलन गर्ने लक्ष्य छ । 

यसरी काठमाडौंबाहिर पनि नमुना परीक्षणको दायरा वढाउदै गएको उहाँले बताउनुभयो । त्यस्तै, हालसम्म दुइवटा कल सेन्टरमा आएका फोनमध्ये ३ हजार ३ सय ६ सम्बोधन गरिएको छ।  

त्यस्तै पछिल्लो २४ घण्टामा वयबपेज र मोबाइल एपमा ८ सय २९ जनाले आफ्ना लक्षणहरुसहित विवरण भरेका छन् । तीमध्ये ३ जना मात्र रेड जोनमा रहेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.