समाज

कोरोना संक्रमित अंशुलाई मुख्यमन्त्री गुरुङको फोन (भिडियो सहित)

चैत २७, २०७६

    काठमाडौं :  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना भाइरसबाट संक्रिमत युवतीसँग फोन वार्ता गरेका छन्। 

    धौलागिरी अस्पतालमा उपचाररत् कोरोना भाइरस संक्रमित बागलुङकी नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटासँग मुख्यमन्त्री गुरुङले आज टेलिफोनमा कुराकानी गरेका हुन्। 

    गुरुङले किशोरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। अंशुले मुख्यमन्त्रीसँग आफ्नो स्वास्थ्य ठिकै रहेको बताएकी छन्। आफ्नो चिकित्सकसँग नियमित सम्पर्क भइरहेको भन्दै मुख्यमन्त्री गुरुङले नआत्तिन भनेका छन्। 

    मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले गुरुङ र सापकोटाबीचको टेलिफोन संवादको भिडिओ फेसबुकमा राखेका छन्।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]