|

गोरखा : गोरखाको सिरानचोक गाउँपालिका ७ उपल्लो गोहोरेकी ९७ वर्षीय श्रीमाया भट्टको गत सोमबार राति निधन भयो।

मंगलबार बिहान कोरोना प्रतिकार्य समिति बैठकले मलामी जनपरे १२ जना मात्रै जानुपर्ने निर्णय गर्‍यो। प्रतिकार्य समिति बैठकले गरेको निर्णयअनुसार नै भट्टको शव दरौंदी नदीमा लगेर दाहसंस्कार भयो। वडा अध्यक्ष सुरज ढकालले भने, ‘लकडाउनका बेला यदि गाउँमा कसैको निधन भए बढीमा १२ जना मात्रै मलामी जाने निर्णय भएको छ। बाँकी रहेका छरछिमेकले घरमै सघाउने पनि निर्णय गरिएको छ।’

‘उपल्लो गोहोरेमा करिब एकसय घरधुरी छन्। यसअघि सय डेढसय जना मलामी जाने चलन थियो’, वडाअध्यक्ष ढकालले भने, ‘तर अहिले कोरोना संक्रमणको त्रास छ। लकडाउन गरिएको छ। सामाजिक दूरीको व्यवस्था छ। त्यसैले स्थानीय कोरोना प्रतिकार्य समितिले मलामीको पनि संख्या निर्धारण गरेको हो।’ उनले आगामी दिनमा कसैको मलामी जानुपरे पनि १२ जना मात्र जाने बताए। सो वडामा २४ वटा प्रतिकार्य समिति छन्।

गाउँपालिकाभरि एकसय ४८ वटा प्रतिकार्य समिति  बनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.