|

काठमाडौंः सरकारले आजसम्म ३ हजार वढी कोरोना भाइरसको नमुना परीक्षण भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्टिय जनस्वास्थ्य प्रयोगशालामा २ हजार ३ सय ८२ र काठमाडौंबाहिर ५ सय १३ गरी २ हजार ८ सय ९५ वटा नमुना परीक्षण भइसकेको जनाएको छ ।

मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले १ सय ९३ परीक्षण जारी रहेको जानकारी दिए । उनका अनुसार आजसम्ममा ७ हजार ९ सय ४० जना क्वारेन्टाइन रहेका छन् ।

यसैगरी आज कुल १ सय १७ जना आइसोलेसनमा रहेका छन् । तीमध्ये १८ जना काठमाडौंमा र काठमाडौंबाहिर ९९ जना रहेका छन् ।

त्यस्तै मन्त्रालयको सुरु गरेको निशुल्क दुई वटा कल सेन्टर (१११५–११३३) मा आएकामध्ये ३ हजार ३ सय ९५ जिज्ञासा संबोधन गरिएको छ ।

त्यस्तै, कोभिड नाइन्टिन डट एमोएचपी डट जिओभि डट एनपी ओयबसाइट हेर्नेको संख्या एक लाख ७५ हजार नाघेको छ, भने मोबाइल एप्लकेशन हाम्रो स्वास्थ्य डाउनलोड गर्नेको संख्या १६ हजार वढी छ । यस्तै कोभिडको भाइबर ग्रुपमा २ लाख ४४ हजार ३८७ सहभागि भएको बताइएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.