विराटनगर, जनकपुर, पाटन, बुटवल पनि पिसिआर मेसिन राख्ने तयारी

|

काठमाडौं : सरकारले कोरोना भाइरसको नमुना परीक्षणका लागि प्रत्येक प्रदेशमा ५ हजार र्‍यापिड टेष्ट किट उपलब्ध गराएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले क्‍वारेन्टाइनमा रहेकाहरुको नमुना परीक्षणका लागि प्रत्येक प्रदेशमा ५ हजार र्‍यापिड टेष्ट किट उपलब्ध गराइएको बताए ।

उनका अनुसार कैलाली र कञ्चनपुरमा गरिएका ६६ वटा परीक्षणको नतिजा पनि नेगेटिभ आएको छ। 

अहिले काठमाडौंसहित १० स्थानका प्रयोगशालामा नमुना परीक्षणको काम भइरहेको बताउँदै उनले विराटनगर, जनकपुर, पाटन, बुटवललगायतका स्थानमा पनि पिसिआर मेसिनबाट परीक्षणको ब्यवस्था मिलाउने तयारी गरिएको  जनाए।

'काठमाडौं उपत्यकाभित्र क्वारेन्टाइनमा रहेका ब्यक्तिको नमुना परीक्षणका लागि आवश्यक समन्वय गर्नका लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संयोजकहरुलाई अभिमुखिकरण तालिम दिइएको छ', उनले भने, 'बाग्लुङ, म्याग्दी र पर्बतका स्वास्थ्यकर्मीलाई पनि तालिम दिएर परीक्षण सुरु गरिएको छ।'

अछाम र जुम्लामा हवाई मार्गबाट नमुना संकलनको काम भइरहेको छ। त्यसैगरी डडेल्धुरा र बैतडीमा पनि नमुना संकलनका लागि टोलि गएको र त्यहाँ ४ सय जनाभन्दा बढीको नमुना संकलन गर्ने लक्ष्य मन्त्रालयको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.