लकडाउन जारी छ, कोही भ्रममा नपर्नू : ईश्‍वर पोखरेल

|

काठमाडौं : सरकारले भोलि (शुक्रबार) र पर्सी (शनिबार) दुई दिन काठमाडौं उपत्यकाबाट बाहिर जानेका लागि गाडी खुलाउने कुनै निर्णय नभएको जनाएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्‍वर पोखरेलले त्यस्तो कुनै निर्णय नभएको बताएका छन्। 

यसअघि समितिले दुई दिन उपत्यकाबाट बाहिरिने गाडीलाई दुई दिन चल्न दिने भनेर कुनै निर्णय नभएको पनि पोखरेलले उल्लेख गरेका छन्।

‘भोलि र पर्सी (२८-२९ चैत) काठमाडौं प्रवेश गर्न नपाइने तर बाहिर जान भने खुला गर्ने निर्णय गरिएको' भन्‍ने समाचार सार्वजनिक सञ्‍चारमाध्यम खासगरी सामाजिक सञ्‍जालमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गम्भीर ध्यानकर्षण भएको', उनले भनेका छन्, 'यस किसिमको कुनै निर्णय नभएको, कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसुस गरी ‘बन्दाबन्दी’ (लक डाउन) लाई जारी राखिएको छ।'

उपप्रधान एवम् रक्षामन्त्री समेत रहेका पोखरेलले प्रधानमन्त्रीले पनि देशवासीका नाममा गरेको सम्बोधनमा यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं', उनले भनेका छन्, 'यो कामलाई सरकारले मात्र नभएर आमनेपाली नागरिकले पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ।' 

उनले लकडाउनका बेला यस्तो गम्भीर निर्णय हुनै नसक्ने बताएका छन्। 'यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ?', उनले भनेका छन्,'जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु।'

स्पष्टोक्ति : यसअघि उच्चस्तरीय समितिले काठमाडौंबाट बाहिर जाने यातायात खुलाउने समाचार भौतिक योजना मन्त्री वसन्तकुमार नेम्वाङ र रक्षामन्त्री ईश्‍वर पोखरेलकै सचिवालयलाई उध्दृत गरेर प्रकाशित गरिएको थियो। दुई दिनका लागि यातायात खुलाएको अवस्थामा के गर्ने भनी लामो तथा छोटो दूरीको मापदण्डतय गर्न गृहमन्त्रालयमा बैठकसमेत बसेको जानकारी का आधारमा  समाचार प्रकाशित गरिएको  पनि पाठकवृन्दमा गराउँछौं। -प्रधानसम्पादक

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.