|

एजेन्सी : छिमेकी देश भारतमा कोरोना संक्रमितको ग्राफ बढुदो छ। भारतमा हालसम्म २ सय ६ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गइसकेको छ। यो संख्या अझै बढ्ने देखिन्छ। बिहीबार भारतमा ड जनको ज्यान गइसकेको छ। बिहीबार जम्मुकश्मिरमा एक, पन्जाबमा दुई, झारखण्डमा एक तथा राजस्थान र महाराष्ट्रमा एक–एक जनाको ज्यान गएको छ। त्यस्तै अन्य दुई जनाको पनि ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यसैबीच भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर इटालीको जस्तै भयावह हुन सक्ने भारतीय स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएका छन्। भारतमा भएको मृत्युदर इटालीको बाटो गइरहेको उनीहरुले बताएका छन्। मात्र समय एक महिना पछि छ। अप्रिल १ एकसम्म भारतभर कुल १ हजार ९ सय ९८ संक्रमित फेला तथा ५८ जनाको ज्यान गएको थियो।

साथै त्यसको एक महिनाअघि इटालीमा कुल १ हजार ५ सय ७७ संक्रमित फेला परेका थिए। जसमध्ये ४१ जनाको निधन भएको थियो। एक हप्तापछि अर्थात् ६ अप्रिलसम्म आइपु्ग्दा भारतमा त्यो संख्या बढेर चार हजार सात सय ७८ पुगेको थियो। त्यस्तै भारतभर १ सय ३६ जनाको मृत्यु भएको थियो। त्यस्तै इटालीमा पनि ६ मार्चमा चार हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ भेटिएको थियो। त्यस्तै एक सय ९७ जनाको मृत्यु भएको थियो। 

भारत र इटालीमा कोरोना भाइरसको संक्रमणबाट दैनिक ज्यान गुमाउनेको संख्या लगभग उस्तै छ। मात्र समय फरक छ। इटालीमा एक महिनाअघि अहिले भारतको अवस्थामा थियो। संक्रमित र मृत्युको संख्या समान जस्तै थियो। इटालीमा मार्च १ मा ५ सय ७४ संक्रमित भेटिएका थिए भने १२ जनाको निधन भएको थियो। त्यस्तै त्यसको एक महिनापछि अर्थात् ६ अप्रिलमा भारतमा ६ सय १ जनामा यसको संक्रमण भेटिएको पाइएको थियो भने २३ जनाको निधन भएको थियो। 

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार भारतमा इटालीजस्तो संक्रमण हुन सक्दैन। किनकि भारतले सही समयमा लकडाउन गरेकाले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या युरोपेली राष्ट्रजस्तो भारतामा नहुने उसले बताएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.