|

संखुवासभा : संखुवासभाको पाँचखपनमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका ३ का ३५ वर्षीय पदमबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

बिहीबार ससुराली घर पाँचखपन नगरपालिका ६ बाट मामा ससुराको घर जौवारी जाने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक राईले बताए। उनी लकडाउन भन्दा  केही समय अघि मात्र संखुवासभा ससुराली घर आएको थिए। राईको घटनास्थलमै मृत्यु भएको वाना प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.