|

कञ्चनपुर : भारतबाट महाकाली नदी टयुबमार्फत तरेर आएका कञ्चनपुरको बेदकोट नगरपालिकाका कोरोना संक्रमितलाई नियन्त्रणमा लिने सशस्त्र प्रहरीका १४ जवान मध्ये ७ जनाको स्वाब टेस्ट रिपोर्ट पनि नेगेटिभ आएको छ। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार ७ जनाको स्वाब टेस्टको रिपोर्ट आउन बाँकी रहेको छ। सशस्त्र प्रहरीका जवान राजस्व गुल्म गड्डाचौकीको क्वारेन्टाइनमा रहेका छन्। भारतबाट आएका व्यक्तिमा कोराना भाइरस भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिने सशस्त्र प्रहरीका १४ जवानलाई क्वारेन्टाइनमा राखिएको थियो।

 ब्रम्हदेव क्षेत्र भएर टयुबमार्फत महाकाली नदी तरेर आएका व्यक्तिलाई तार्ने कार्यमा संलग्न दुई जनालाई समेत क्वारेन्टाइनमा राखिएको छ। दुवै जनाको स्वाब परीक्षणका लागि पठाइएको छ। 

भारतीय तरकारी र फलफूल आयातमा रोक 

कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतीय तरकारी तथा फलफूल आयातमा रोक  लगाएको छ।शुक्रबारदेखि भारतीय तरकारी र फलफूल आयातमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कल्पना भट्टले बताइन्।

तरकारी र फलफूलसँगै आउने भारतीय र ढुवानीका साधनचालक समेत आउने भएकाले कोरोनाको निकै जोखिम देखिएपछि तरकारी फलफूल आयातमा रोक लगाउनु परेको उनको भनाई रहेको छ। स्थानिय किसानले उत्पादन गरेको तरकारीलाई प्राथमिकता दिई बजारीकरण गर्न सहजीकरण गरिने बताइएको छ।

किसानको बारीमा जिल्लामा पुग्ने गरी तरकारी उत्पादन रहेको छ। कञ्चनपुरमा बजारको मागको ४० प्रतिशत तरकारी र फलफूल भारतबाट आयात हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.