बार्सीलोना : एथलेटिक बिल्बाओलाई ३-० ले हराउँदै बार्सीलोनाले स्पेनिस ला-लिगामा शीर्ष स्थानको रियल म्याड्रिडसँगको अंकदूरी कम गरेको छ।
बार्सीलोनालाई जीत दिलाउने क्रममा पाको एल कासेर, लियोनल मेसी र एलेक्सिज भिडालले एक एक गोल गरे। जीतसँगै २१ खेलबाट बार्सीलोनाले ४५ अंक जोड्यो।
लिगमा बार्सीलोनाभन्दा २ खेल कम खेलेको रियाल म्याड्रिड ४६ अंकसहित शीर्ष स्थानमा छ। बार्साभन्दा १ खेल कम खेलेको सेभिया ४२ अंकसहित तेस्रो स्थानमा छ। लिगअन्तर्गत आइतबार सेभियाले भिल्लारियलको सामना गर्दैछ। त्यस्तै सोमबार रियालले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।