|

अर्घाखाँची : लकडाउनको मौका छोपेर अर्घाखाँची र कपिलवस्तु जिल्लाकf विभिन्न राष्ट्रिय वन फँडानी र काठ तस्करी भइरहेको छ। लकडाउनमा मानिस घरभित्रै बसेको मौका छोप्दै यी दुई जिल्लामा रहेका वन क्षेत्रमा काठ तस्करी बढेको हो। 

अर्घाखाँची शीतगंगा नगरपालिका ११ खयरभट्टीस्थित लुङग्री राष्ट्रिय वनमा ६ ओटा सालका रूख काटेर १३८ क्युफिट काठ चोरी तस्करी भएको छ। एक लाख ३८ हजार बराबर रुपैयाँ बराबर मूल्य हुन आउने एक सय ३८ क्युफिट काठ चोरी-निकासी भएको अर्घाखाँची डिभवन कार्यालयका सहायक वन अधिकृत अनिल महतोले बताए।

चोरी निकासी बढेको सूचना पाएपछि जङ्गल अनुगमन गरेको गस्ती टोलीले रूख काटेको फेला पारेपनि काठ फेला पार्न नसकेको अधिकृत महतोले बताए। काठ तस्करको खोजीकार्य भैरहेको वन कार्यालयले जनाएको छ।

त्यस्तै कपिलवस्तु जिल्लाको सिर्सापानी क्षेत्र अर्घाखाँची खयरभट्टी सिमा नजिकै साझेदारी वनमा पनि काठ तस्करी भएको छ। वन क्षेत्रमा १२ ओटा सालका रूख काटेर काठ काठेर तस्करी भएको हो।

काठ तस्करी भएको सूचना पाएपछि वन अनुगमन गर्न पुगेा कर्मचारी देखेपछि काठ तस्करहरू फरार भएका थिए। अनुगमनमा गएको टोलीले बाटोबाट सातवटा साइकलमा ल्याउँदै गरेको २६ दशमलव ८३ क्युफिट काठ बरामद गरेको गौतमबुद्द डिभिजन कार्यालय कपिलवस्तुका रेन्जर गणेश पुरीले जानकारी दिए।वनमा १५५ क्युफिट काठ फेला पारेपछि सोही काठलाई घाटगद्दीको प्रक्रिया अघि बढाइएको उनले बताए। 

विश्वभर फैलिएको कोराना महामारीबाट बच्न सरकारले लकडाउन गरेको समयमा अर्घाखाँचीको खयरभट्टी, लुङग्री र कपिलवस्तुको सिर्सापानी क्षेत्रमा नेपाल सरकारको जनहितमा जारी निर्देशनलाई अवज्ञा गर्दै लुकिछिपी वन विनास र तस्करी बढेको हो। 

लुकीछिपी काठको तस्करी बढ्न थालेपछि वन कार्यलयले वन गस्ती सुरू गरेको छ। स्थानीय सामुदायिक वन उपभोक्ता समिति र आफ्नो मातहतका कर्मचारीलाई चनाखो भएर वनको रेखदेख गर्न सुझावसमेत दिएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.