|

सल्यान : कर्णाली प्रदेश सरकारले आह्वान गरेको सर्वदलीय बैठकले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक दल र नागरिक समाज एक हुनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार सम्पन्न सर्वदलीय बैठकमा यस्तो निष्कर्ष निकालिएको हो। 

सर्वदलीय बैठकमा राजनैतिक दलका नेताहरुले कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमहरुको प्रशंसा गर्दै सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्‌। 

बैठकमा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारलाई जनताको साथ रहेको बताउँदै ढुक्कका साथ कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका काममा लाग्न आग्रह गरे।  

अहिलेको महामारी नियन्त्रणको लागि सवैभन्दा प्रभावकारी र बलियो हतियार लकडाउन नै भएको बताउँदै लकडाउनलाई कडाईपूर्वक कार्यान्वयन गर्नुपर्ने सुझाव दिए।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीले शक्तिशाली भनिएका देशहरूले समेत कोरोना संकटबाट पार पाउन नसकेको बताउँदै साधनस्रोत तथा प्रविधिमा कमजोर रहेको हाम्रो जस्तो मुलुकमा सरकार, राजनीतिक दल तथा जनता एकताबद्ध भएर जानुको विकल्प नभएको बताए  । 

कोरोना नियन्त्रणका लागि प्रदेश सरकारलाई सहयोग गर्न आफनो पार्टीले पूर्णरुपमा तयार रहेको बताउँदै थानीले कोरोना परीक्षण कार्यलाई तीव्रता दिन सुझाव दिए। 

बैठकमा मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथ नियन्त्रणका लागि गरेका कार्यहरुको जानकारी गराएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.