|

काठमाडौं : अमला अधिकारीको गजल संग्रह ‘आरन’ शनिबार राजधानीमा विमोचन गरिएको छ। संग्रहको शनिबार गजलकार शितल कादम्बिनी, रुपक वनबासी, रावत, शिखा बुक्सका प्रकाशक र लेखकस्वयम् ले संयुक्तरुपमा विमोचन गरेका हुन्।

त्यसक्रममा पुस्तकमाथि टिप्पणी गर्दै गजलकार कादम्बिनीले अमलाका गजलले वर्षौँसम्म प्रभाव छाड्न सक्ने बताइन् । यसले नेपाली साहित्यमा नयाँ आयाम थपेको उनको टिप्पणी थियो।

यस्तै गजलकार रुपक वनबासीले अमलाका गजलहरु देखेर आफूलाई ईश्र्या लाग्ने गरेका सुनाए। ‘अमलाका गजल देखेर ईश्या लाग्छ। यो मैले किन नलेखेको हुँला, यिनका गजलले नयाँखाले गजलको धार निर्माण गरेका छन्। सामाजिक विषय र शूक्तिमय शैलीले गर्दा यिनका गजलको प्रभाव छुट्टै छ । नारीहरुमध्ये उत्कृष्ठ भन्यो भने पनि अतियोक्ति हुुँदैन।’ 

यस्तै कवि रावतले अमलाका गजलहरु अरुभन्दा भिन्न र परिपक्व भएको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.