|

अमेरिकाको न्याय विभागले सात देशका आप्रवासीमाथिको प्रतिबन्धमाथि रोक लगाउने अदालती आदेश विरुद्ध अपिल गरेको छ। अदालती रोक विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेशमन्त्री रेक्स टिलरसन र होमल्याण्ड सेक्युरिटी मन्त्री जोन केलीले औपचारिक रुपमा अपिल दर्ता गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्।

अपिलमा भ्रमण प्रतिबन्ध सम्बन्धि निर्णय कार्यान्वयनमा ल्याउनका लागि अदालती फैसला तत्काल रोक्न माग गरिएको छ। वासिङ्टनको सियाटल संघीय अदालतका न्यायाधीश जेम्स रोबार्टले सरकारको प्रतिबन्धमा देशव्यापी रोकको फैसला सुनाएका थिए।

फैसला विरुद्ध अपिल गर्नु अघि राष्ट्रपति ट्रम्पले सामाजिक सन्जालमा न्यायाधीश रोबार्टको चर्को आलोचना गरेका थिए। उनले श्रृंखलाबद्ध ट्वीट गर्दै रोबार्टलाई तथाकथित न्यायाधीशको संज्ञा दिनुका साथै अदालती फैसलालाई बकवास भएको र त्यसलाई उल्टाउने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.