|

रौतहट : रौतहटका एक युवकलाई कोरोना भाइरस संक्रमण भएको भेटिएको छ। इशनाथ नगरपालिका-५मोतीपुर निवासी मुस्लिम समुदायका १९ वर्षीय ती युवक १६ दिनअघि दिल्लीबाट आएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।। १६ दिनदेखि उनी इशनाथ नगरपालिकाको औरैया क्वारेनटाइनमा बस्दै आएका थिए। 

क्‍वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

ती युवकको घरमा बुवा, आमा, श्रीमती, २ जना भाइ र १ बहिनी छिन्। उनकी श्रीमती भने माइत बसेकी छिन्।

ती युवकलाई कोरोना संक्रमण पाइएपछि अहिले इशनाथ क्वारेन्टाइनबाट उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लाने तयारी भएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.