|
फोटो वर्षा सिवाकोटीको फेसबुकबाट

काठमाडौं : वर्षा सिवाकोटी पछिल्लो समय दर्शकमाझ निकै रुचाइएकी अभिनेत्री हुन्। 'नाइ नभन्‍नु ल २' मार्फत सिने यात्रा सुरु गरेकी वर्षा  'पशुपतिप्रसाद'  फिल्ममा मुख्य नायिकाको भूमिका निभाएपछि चर्चामा आइन्। अहिले उनको अभिनय रहेको 'लप्पन-छप्पन' र 'कारखाना' रिलिजको क्रममा छन्।

चलचित्र अभिनयसँगै म्युजिक भिडियोमा समेत जमेकी वर्षाका धेरै फ्यानहरु छन्। तर वर्षा आफैं भने कस-कसकी फ्यान हुन् त? थाहाखबरको जिज्ञासामा उनले आफ्नो रोजाईका ५ नायक तथा ५ नायिकाका नाम खोलिन्। वर्षालाई यी नायक-नायिका किन मनपर्छ त ? 

नायकतर्फ 

१. खगेन्द्र लामिछाने 

वर्षा सिवाकोटीको पहिलो रोजाइ हुन् खगेन्द्र लामिछाने। उनीहरुले फिल्म 'पशुपतिप्रसाद'मा स्क्रिन शेयर गरेका थिए। वर्षा भन्छिन् 'खगेन्द्र लामिछाने एकदमै मिलनसार मान्छे हुनुहुन्छ, उहाँको लेखन शैली पनि एकदमै मन पर्छ, समग्रमा भन्‍नुपर्दा उहाँ मान्छे नै एकदमै राम्रो हुनुहुन्छ।'

२. अर्पण थापा

वर्षा सिवाकोटीलाई मन पर्ने अर्का कलकार हुन् अर्पण थापा। अर्पण थापामा आफुलाई जस्तो पनि क्यारेक्टरमा ढाल्न सक्ने कला भएको वर्षा बताउँछिन्, 'जस्तोसुकै रोल दिए पनि उहाँले त्यसलाइ न्याय गर्न सक्नुहुन्छ। त्यस भुमिकाको लागि उहाँ आफैमा परिवर्तन हुन सक्नुहुन्छ त्यसैले उहाँ मलाइ राम्रो लाग्छ,' भनिन्।  

३. दयाहाङ राई

दयाहाङ दर्शकले रुचाएका अभिनेता हुन्। सबै फिल्ममा लगभग उस्तै अभिनय गरे पनि दर्शकले सबैभन्दा बढी दयाहाङलाई रुचाउँछन्। त्यसैले पनि वर्षालाई दयाहाङ मन पर्छ रे ! उनी भन्छिन् 'लगभग सबै फिल्ममा उस्तै उस्तै अभिनय भए पनि उहाँका फ्याहरु धेरै छन्, उहाँका दर्शक धेरै छन् त्यो अभिनय कलाबाट नै प्राप्त भएको हो। त्यसैले दया दाई राम्रो लाग्छ।'

४. सैगात मल्ल

आफुलाइ मन पर्ने नायकको नाममा सैगातको नाम थप्दै उनले भनिन् 'ए मैले त झन्डै छुटाएछु सौगात दाईलाई। सौगात दाई पनि जस्तो पनि भुमिकालाई न्याय दिन सक्ने कलाकार हुनुहुन्छ। उहाँले गरेका प्रत्येक फिल्म हेर्दा लाग्छ, उहाँ त्यही भुमिकामा जन्मिनु भएको हो। त्यसैले मलाई सौगात दाई राम्रो लाग्छ।'

५. सरोज खनाल

सरोज खनालको अभिनय कलालाई प्रशंसा गर्दै उनले आफुलाई सरोज खनाल पनि मन पर्ने बताइन्। उनी भन्छिन् 'सरोज खनालको बलियो पक्ष भनेको अभिनय नै हो। उहाँ पनि अभिनयको प्रखर व्यक्ति हुनुहुन्छ त्यसैले मलाइ सरोज खनाल पनि मन पर्छ'।


नायिकातर्फ :

१. नम्रता श्रेष्ठ

वर्षा सिवाकोटीलाई मनपर्ने नायिका हुन् नम्रता श्रेष्ठ। नम्रतामा हिरोइनमा हुनु पर्ने सपुर्ण गुणहरु भएकाले आफुलाई मन परेको उनले बताइन्। 'नम्रता श्रेष्ठ एउटा कम्प्लिट प्याकेज हिरोइन हुनुहुन्छ। उहाँको फिल्म हेर्न जादाँ दर्शकले जुन आशा लिएर जानुहुन्छ त्यो पुरा भएकै हुन्छ।'

२. रिचा शर्मा

रिचा शर्माले राम्रा फिल्महरु छानेर मात्र काम गर्ने वर्षा बताउँछिन्। 'रिचा शर्माको फिल्म रोजाइहरु एकदमै राम्रो हुन्छ र त्यस भुमिकालाइ उहाँले राम्रोसँग न्याय दिनुहुन्छ त्यही पक्ष एकदमै बलियो लाग्छ मलाई त्यसैले उहाँ एकदमै मन पर्छ,' उनले भनिन्। 

३. केकी अधिकारी

केकी अधिकारीको बानी व्यवहार वर्षालाई निकै मनपर्छ। उनी केकीका प्रत्येक अन्तरवार्ता हेर्छिन्।  'केकीजी को इन्टरभ्युहरु म प्राय: सबै हेर्ने गर्छु। उहाँको बोल्ने शैली, बानिब्यबहार एकदमै राम्रो लाग्छ।'

४. साम्राज्ञी राज्यलक्ष्मी शाह

ड्रिम्स फिल्म हेरेपछि साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनयबाट वर्षा प्रभावित भइन्।'साम्राज्ञी एकदमै राम्रो अभिनय गर्न सक्ने कलकार हुन्। उनलाई ड्रिम्सबाट नै एकदमै रुचाइएको थियो। मलाई उनको अभिनय कला अति नै मन पर्छ।'

५. मिथिला शर्मा

एउटा नायिका भन्दा पनि कलाकारको रुपमा स्थापित मिथिला शर्माको अभिनयबाट वर्षा प्रभावित छिन्।'राम्रो अभिनय कला भएकाले र जस्तो पनि भुमिकामा आफुलाइ ढाल्न सक्ने भएकाले मलाई मिथिला शर्मा मन पर्छ' वर्षाले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.